ग्रीसमा डुङ्गा दुर्घटनामा ४ जना पाकिस्तानीको मृत्यु

इस्लामावाद । दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् ।
बलोचले सोमबार भने,“हामी गहिरो दुःखका साथ घोषणा गर्दछौं कि ग्रीक अधिकारीहरूले साझा गरेको पछिल्लो जानकारी अनुसार ग्रीसको क्रेट टापुको दक्षिणमा शनिबार भएको डुङ्गा पल्टिने घटनाहरूमा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । जीवित व्यक्तिहरूलाई सहयोग गर्न ग्रीक अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।”
यसअघि पाकिस्तानी विदेश मन्त्रालयले ग्रीसको तटमा डुङ्गा पल्टिएको स्थानबाट ४७ जना पाकिस्तानी नागरिकको उद्धार गरेको पुष्टि गरेको थियो ।
सन् २०११ देखि ग्रीस अनियमित आप्रवासी र युरोपेली युनियन (इर्यु) प्रवेश गर्न प्रयास गर्ने शरणार्थीहरूको लागि प्रमुख प्रवेश बिन्दु भएको छ ।













नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया