हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा

काठमाडौं। आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई सीधा सेटमा २–० ले हराएको थियो । सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४ र २५–१५ को सोझो सेटमा हराउदै उपविजेताका रुमा प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।
दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९ र २५–२१ तथा कालीदेवी माविलाई २५–१३ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै समूह ‘बी’ को विजेता भयो ।
एनआर कलेजले ओरियन्टलाई २५–२० र २५–२१, ग्लेसियरले ग्राम सेवालाई २३–२५, २५–१९ र १५–१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१ र १६–१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११ र २५–२१ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यससंगै प्रिक्वाटरफाइनल समीकरण पनि तयार भएको छ ।
प्रिक्वाटरफाइनल एनआर र ग्रामिण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच हुनेछ । अन्यमा सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामु विरुद्ध खेल्ने छन् ।











समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया