हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा

काठमाडौं। आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई सीधा सेटमा २–० ले हराएको थियो । सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४ र २५–१५ को सोझो सेटमा हराउदै उपविजेताका रुमा प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।
दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९ र २५–२१ तथा कालीदेवी माविलाई २५–१३ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै समूह ‘बी’ को विजेता भयो ।
एनआर कलेजले ओरियन्टलाई २५–२० र २५–२१, ग्लेसियरले ग्राम सेवालाई २३–२५, २५–१९ र १५–१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१ र १६–१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११ र २५–२१ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यससंगै प्रिक्वाटरफाइनल समीकरण पनि तयार भएको छ ।
प्रिक्वाटरफाइनल एनआर र ग्रामिण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच हुनेछ । अन्यमा सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामु विरुद्ध खेल्ने छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया