अनेरास्ववियुको सचिवालय बैठक : चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय
मेरोन्यूज
२०८१ पुष ३ गते १८:०४

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधबार सम्पन्न अनेरास्ववियुको १२ औं सचिवालय बैठकले चैत मसान्तभित्र २४ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए । महाधिवेशनको कार्यसुची र स्थान भने केन्द्रीय कमिटीको बैठक पश्चात सार्वजनिक गरिने उनले बताए ।
बडालका अनुसार बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो आगामी माघ ६ देखि ८ सम्म काठमाडौंमा गर्ने निर्णय पनि भएको छ ।
यसैगरी त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको उनले बताए ।
सम्बन्धित
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया