बुधबार, वैशाख १७, २०८२

अनेरास्ववियुको सचिवालय बैठक : चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय

मेरोन्यूज २०८१ पुष ३ गते १८:०४

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न अनेरास्ववियुको १२ औं सचिवालय बैठकले चैत मसान्तभित्र २४ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए । महाधिवेशनको कार्यसुची र स्थान भने केन्द्रीय कमिटीको बैठक पश्चात सार्वजनिक गरिने उनले बताए ।

बडालका अनुसार बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो आगामी माघ ६ देखि ८ सम्म काठमाडौंमा गर्ने निर्णय पनि भएको छ ।

यसैगरी त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया