एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी सम्पन्न

नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा काठमाण्डौ र मधेश प्रदेश जनकपुरधाममा मंसिर १८ देखि २४/२७देखी पुष ३गते सम्म सप्ताहव्यापी फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
एसियाली बिकास बैंक र फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल र जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मंसिर २७देखी पुष ३गते सम्म चलेको थियो ।
प्रदशनीको अन्तिम दिन अवलोकन गर्न मधेश प्रदेशका उर्जा सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव पुगेका थिए । अवलोकन पछी वोल्दै मन्त्री यादवले फोटो प्रदशनी राम्रो र सन्देश मूलक रहेको बताए ।
एडिबिले नेपाल सरकार संगको सहकार्यमा विधुत बिकासमा गरेको कार्यहरु र त्यसवाट आम नेपालीको आर्थिक र सामाजीक परिवर्तनमा पारेको प्रभावका वारेमा यथार्थ चित्रण प्रदशनीले देखाउन सकेको बताए ।
मधेस प्रदेशको विकासमा एडिविको सहयोगमा धेरै परियोजनाहरु संचालनमा रहेको र आगामी दिनमा सोलार इनर्जीको बिकास र बिस्तारमा सहकार्य गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालय इच्छुक रहेको मन्त्रि यादवले बताए ।
काठमाण्डौ र जनकपुरमा भएको प्रदशनीले नेपाल सरकार संगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एसियाली विकास बैंक (एडीबी)को योगदानलाई प्रतक्ष्य रुपमा केन्द्र र प्रदेशका सरकारको जिम्मेवारी बहन गरेका उच्च पदस्थ, निजी क्षेत्रका उद्यमी, देखी आम सर्वसाधरण सम्मले जानकारी पाउन मद्दत पुगेको फोटो पत्रकार क्लवका अध्यक्ष काफ्लेले बताए ।
फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भए गरेका कार्य र बिकासहरुलाई दृश्यमार्फत आम नेपाली माझ पुर्याउन सफल भएको काफ्लेको भनाई थियो ।
फोटो प्रदर्शनीमा उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको थियो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया