धरानमा सांस्कृतिक महोत्सव हुँदै

धरान (सुनसरी) । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ ।
गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल नाराका साथ पुस ७ गते आइतबारदेखि १७ सम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्थाको आयोजना र त्रिवेणी महिला समूह धरानको सहआयोजनामा धरान उपमहानगरपालिका १५ बगरकोट एभरेष्ट लाइनमा हुन लागेको क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । उनले भने, “उक्त महोत्सवमा मौलिक र जातीय पकिारसहितको अग्र्यानिक खानाको विशेष व्यवस्था गरिएको छ ।”
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चादेखि सबै उमेर समूहका नागरिक रमाउन सक्नेगरी रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकीमाउसलगायत खेलकुदका सामग्रीको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिए ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहने र अपराह्न ४ः०० बजेपछि कालाकारहरूको उपस्थितिलाई मध्यनजर गर्दै शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ ।
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया