नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् ।
नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् ।
सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन गरेका लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।
नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेशागत जीवन सुरु गरेका लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एशियाली विकास बैंकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेका थिए । पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए ।
डा लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित छन् ।
प्रतिक्रिया