दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला
मेरोन्यूज
२०८२ वैशाख १७ गते १९:१८

पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन् । विद्यालयको दृष्टिविहीन छात्रवासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की आज बिहान मृत फेला परेका हुन् ।
पुरूष छात्रवासमा एक्लै रहेका उनी बिहान अबेरसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन् ।
शिक्षक आन्दोलनका कारण अन्य विद्यार्थी भने घर गएका थिए । छात्रवासको मुख्य ढोकाको चुकुल खोलेरभित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
मृतकका आफन्तलाई बागलुङबाट बोलाएर छात्रबासबाट शव परीक्षणका लागि प्रदेश अस्पताल पर्वतमा लगेर राखिएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ ।
सम्बन्धित










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया