एन्जल्स हार्ट र न्युटन उपाधिनजिक
मेरोन्यूज
२०८१ पुष ५ गते १८:३२

काठमाडौं। एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले जय मल्टिपल क्याम्पसलाई २५–१५, २४–२६, २५–२२ र २५–२२ को सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा न्युटनले आयोजक हिमरश्मिलाई २५–१३, २५–१९, २०–२५ र २५–१७ ले हरायो । सेमिफाइनलदेखि ‘बेस्ट अफ फाइभ’ का आधारमा खेल खेलाइको छ ।
बिहीबारै भएको क्वाटरफाइनलमा एन्जल्स हार्टले नेपाल राष्ट्रिय कलेजलाई २–१, हिमरश्मिले ग्लेसियरलाई २–१, जय मल्टिपलले सेन्ट लरेन्सलाई २–० र न्युटनले युनिग्लोबलाई २–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया