जनताका चाहना पूरा गर्न नेता तथा कार्यकर्ता एकजुट हुनुपर्छ : सिंह

मकवानपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस नेतृत्वको एकल सरकारले सङ्घीयतालाई अझ सुदृढ बनाउनसक्ने बताएका छन्।
निर्माणाधीन गणेशमान सिंह राजमार्गको आज निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयतालाई सबल बनाउन क्रियाशील रहेको बताए।
उनले गुणस्तरीय निर्माण विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन पनि दिए। काठमाडौँको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका–९ सम्म उक्त मार्ग निर्माणाधीन छ।
यसैबीच, थाहा नगरपालिका–९ का नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई भेटेर नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउँदै पार्टी कार्यकर्ताहरुले जनताका घरदैलोमा पुगेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न कांग्रेसले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक रहेको बताए। उनले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया