आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष ६ गते १९:२०

फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।
हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशङ्का गरिएको छ ।
मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसङ्ख्याका लागि अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया