सोमबार, वैशाख २९, २०८२

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मेरोन्यूज २०८१ पुष ७ गते १४:५४

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ ।

शनिबार राति सूर्यबिनायक नगरपालिका-१० बाँसघारी नजिकै सडकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.प्र.०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया