शुक्रबार, वैशाख १९, २०८२

त्रिवि क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे प्रहरीले थाल्यो छानबिन

मेरोन्यूज २०८१ पुष ७ गते १७:४६

काठमाडौं। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन थालेको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

दरबार हाइस्कुलमा १२ कक्षामा पढ्ने अमनको वीर अस्पतालमा उपचार हुँदैछ । भिडले कुटपिट लछारपछार गर्दा दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी परेको छ । उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको बुझिएको छ ।

प्रतिक्रिया