कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन हो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताएका छन्।
नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, “अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ ।”
हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिए। देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उनले बताए। पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने उहाँले उल्लेख गरे।
काठमाडौँवासीले भोगेका पीर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गरे। एक सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि नेता कृष्णप्रसाद सिटौला खटिएका छन्।










चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया