भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, हत्याको आशंका
मेरोन्यूज
२०८१ पुष ८ गते १३:४९

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो।
मृतक दुवैको शरीरमा चोट देखिएको छ। उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया