जुम्लामा लोप हुँदै तरबार नाच

जुम्ला। शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो । परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन् । पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन् ।
तिला गाउँपालिका–१ का स्थानीय करे परियारले शुभकार्य र चाडपर्वमा सधैँ नाचिने तरबार नाच नयाँ पुस्ताले नसिक्दा, स्थानीय निकायले संरक्षणर प्रवर्द्धनमा योजनाबद्ध काम नगर्दा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । “स्थानीय सरकार यसको संरक्षणर पुस्तान्तरणमा काम गर्नुपर्नेमा चासो देखाएको छैन ।
युवावर्गले पनि रुचि देखाएका छैनन् । पुर्खाको सम्पत्तिका रूपमा रहेको तरबार नाचको संस्कृतिलाई बचाइराख्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ”, सिञ्जा गाउँपालिका–२ का मुनप्रसाद शर्माले भन्नुभयो । । जुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा विशेषगरी विवाह, व्रतबन्ध, चाडपर्व र सभासमारोहमा पुरुषले तरबार समातेर नाचिने नाच पुर्खादेखिको संस्कृति लोप हुन लागेकामा स्थानीय चिन्तित छन् ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस साम्राज्यसँग जोडिएको पुर्खादेखि परम्परागत महत्व बोकेको तरबार नाचलाई संरक्षण र पुस्तान्तरण गर्न पालिकाको ध्यानाकर्षण भएको बताए । यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृतिका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा पालिकाले विशेष योजना बनाएर कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।
खस संस्कृतिसँग जोडिएको तरबार नाचलाई लोपोन्मुख हुन नदिन पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण गर्ने अध्यक्ष धितालले बताउनुभयो । आधुनिक युगमा प्रविधिको सहज पहुँचले परम्परागत संस्कृति, पहिचान तथा नाच लोप हुँदै गएकाले सयको संरक्षणमा स्थानीयले पनि समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।
माथिल्लो कर्णालीका केही जिल्लाका फाट्टफुट्ट विवाह तथा सभासमारोहमा तरबार नाच खेलाउने गरिए पनि पहिलेको जस्तो रौनक र उत्साह नभएको जुम्लाको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताए । “अहिले सबैका हातहातमा मोबाइल छन् । आधुनिकताका नाममा लोक संस्कृति हराउँदै गएको छ । यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले पहल गर्नुपर्छ”, उनले भने ।
















यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया