अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।
”प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेकोे छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन्।”
उहाँका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।
सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ।”
गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए ।
बरमालनिवासी मलीलले एएफपीसँग कुरा गर्दै मङ्गलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको एएफपीसँग बताए।
उनले भने, “बमबारीले दुई–तीन वटा घरमा क्षति पु¥यायो, एउटा घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ ।”
अर्को घरमा भएको आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी उनले दिए ।
सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीच सीमा तनाव बढेको छ भने पाकिस्तानले आफ्नो पश्चिमी सीमा क्षेत्रमा लडाकू हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।
इस्लामाबादले काबुलका तालिवान अधिकारीहरूले लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको छ।
काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का नामले चिनिने र आफ्ना अफगान समकक्षीसँग साझा विचारधारा राख्ने पाकिस्तानी तालिबानले गत साता अफगानिस्तानसँग सीमा जोडिएको सेनाको चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए ।
अफगान भूमिमा भएको पछिल्लो आक्रमणबारे पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।
काबुलको भ्रमणमा रहेका अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूतसँग तालिबानका उच्च अधिकारीहरूले मङ्गलबार भेटवार्ता गरेका थिए ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
प्रतिक्रिया