राष्ट्रिय खेलकुद परिषदमा ८ जना सदस्य नियुक्त
मेरोन्यूज
२०८१ पुष ११ गते १९:२०

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा खाली रहेको ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको सदस्यमा नियुक्त गरेको हो ।
नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।
यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष अर्को हप्ता नियुक्त हुने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । यसअघिका राखेपका उपाध्यक्ष शिव कोइराला ४ वर्षे कार्यकाल पूरा गरी विदा भएपछि ५ महिनादेखि राखेपका उपाध्यक्ष पद रिक्त रहेको छ ।
सम्बन्धित











भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया