राष्ट्रिय खेलकुद परिषदमा ८ जना सदस्य नियुक्त
मेरोन्यूज
२०८१ पुष ११ गते १९:२०

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा खाली रहेको ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको सदस्यमा नियुक्त गरेको हो ।
नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।
यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष अर्को हप्ता नियुक्त हुने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । यसअघिका राखेपका उपाध्यक्ष शिव कोइराला ४ वर्षे कार्यकाल पूरा गरी विदा भएपछि ५ महिनादेखि राखेपका उपाध्यक्ष पद रिक्त रहेको छ ।
सम्बन्धित
















नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया