एकैदिन बिहे गर्दै क्रिकेटर दाजुभाइ आरिफ र आसिफ, काे हुन् दुलही ?

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेख र आरिफ शेख विवाह बन्धनमा बाँधिने भएका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइले पुस २० गते बिहे गर्न लागेका हुन् ।
आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार विवाह गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ९आशिफ बिहेको निमन्त्रणा कार्ड बाँड्ने काम भइरहेको छ ।
हालै काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा दाई आरिफले सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए भने भाइ आशिफ जनकपुर बोल्ट्सका मार्की तथा केही खेलका कप्तान थिए । सुदूरलाई हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो ।
२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका हुन् ।
२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । उनी सन् २०२१ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया