एकैदिन बिहे गर्दै क्रिकेटर दाजुभाइ आरिफ र आसिफ, काे हुन् दुलही ?

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेख र आरिफ शेख विवाह बन्धनमा बाँधिने भएका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइले पुस २० गते बिहे गर्न लागेका हुन् ।
आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार विवाह गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ९आशिफ बिहेको निमन्त्रणा कार्ड बाँड्ने काम भइरहेको छ ।
हालै काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा दाई आरिफले सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए भने भाइ आशिफ जनकपुर बोल्ट्सका मार्की तथा केही खेलका कप्तान थिए । सुदूरलाई हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो ।
२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका हुन् ।
२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । उनी सन् २०२१ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका छन् ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया