बुधबार, चैत ४, २०८२

डा. ओम मूर्ति द्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

मेरोन्यूज २०८१ पुष १३ गते १०:३०

काठमाडौं । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा. ओम मूर्ति अनिलले सामाजिक सञ्जाल बाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन् ।  उनले सामाजिक सञ्जाल युट्युब बाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन् । 

Advertisement
nepal life insurencenepal life insurence

डा. ओम मूर्ति अनिल पोड्कास्ट मार्फत् युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा उनले जनचेतनामूलक प्रस्तुति दिँदै आएका छन् । उक्त युट्युब च्यानल मोनिटाइजेसन भई प्राप्त भएको पहिलो आम्दानीलाई डा. ओम मूर्तिले बूढानीलकण्ठ नगरपालिका–४ स्थित चन्डेश्वरी मन्दिर नजिक रहेको पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा र खाद्यान्न सहयोगमा खर्चिएका छन् । उनले भने, “मैले सामाजिक सञ्जालको आम्दानी सामाजिक कर्ममै खर्च गरेको हुँ । आगामी दिनमा अन्यत्र पनि आवश्यकता अनुसार सहयोग गर्दै जानेछु ।” 

संस्थामा १३ महिना देखि २० वर्ष सम्मका ६० जना बालबालिका र ९५ वर्ष सम्मका १५ जना वृद्धवृद्धा आश्रित  छन्। आश्रित सदस्य सहित ६ जना स्वयम्सेवकलाई आवश्यकता अनुसार न्यानो कपडा प्रदान गरिएको थियो । यस्तै, विभिन्न खाद्य सामग्री र खेलकुद सामग्री समेत वितरण गरिएको थियो । 

स्वास्थ्य सेवा बाहेक एक दशक भन्दा लामो समय देखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आएका डा. अनिलको फेसबुक पेजमा १४ लाख भन्दा बढी र युट्युबमा ८० हजार भन्दा बढी फलोअर्स रहेका छन् । डा. ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमान समेत कायम गरेका छन् । जस अन्तर्गत गिनिज वल्र्ड रेकर्ड र वल्र्ड बुक रेकर्ड (लन्डन) रहेका छन् । विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्य बारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा उनले फेसबुक लाइभ मार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शक सँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’को लागि सबै भन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गरेका हुन् ।
 
त्यस्तै सन् २०१४ मा डा. अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबै भन्दा लामो समयको रेडियो अन्तर्वार्ता’का लागि प्रदान गरिएको थियो । इमेज एफ.एम. मा ४४ हप्ता सम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको शृङ्खलालाई वल्र्ड बुक रेकर्ड (लन्डन) ले मान्यता प्रदान गरेको थियो ।

प्रतिक्रिया