सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
“हिजो राती (शुक्रबार) विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको छ । साथै, आज बिहान उत्तरमा रहेको अबु शौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक केटी घाइते भए,” उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले बताए।”
विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
उत्तरी डार्फर राज्यको राजधानी शहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानका अनुसार, सुडान मध्य अप्रिल सन् २०२३ देखि विनाशकारी द्वन्द्वको चपेटामा छ । यसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिइसकेका तथा १४ लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेका छन् ।
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया