जसपा नेपाल स्वास्थ्य विभागको प्रमुखमा डा. सुरेन्द्र यादव निर्वाचित

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा। सुरेन्द्र यादव निर्वाचित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो ।
जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित सो बैठकले विभागको उप प्रमुखमा डा। अब्दुल कलाम अन्सारीलाई मनोनित गरेको छ । विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरु चयन गर्न आजै साझ काठमाडौंमा विभागको बैठक बसेर टुंग्याउने बताइएको छ ।
यसैगरी १३ सदस्यीय विभागको सदस्यमा डा. कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनित गरिएको छ ।
जसपा नेपालमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला यही माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा.यादवले बताए ।















स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
लागुऔषधसहित एक्काइस जना पक्राउ
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
प्रतिक्रिया