जसपा नेपाल स्वास्थ्य विभागको प्रमुखमा डा. सुरेन्द्र यादव निर्वाचित

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा। सुरेन्द्र यादव निर्वाचित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो ।
जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित सो बैठकले विभागको उप प्रमुखमा डा। अब्दुल कलाम अन्सारीलाई मनोनित गरेको छ । विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरु चयन गर्न आजै साझ काठमाडौंमा विभागको बैठक बसेर टुंग्याउने बताइएको छ ।
यसैगरी १३ सदस्यीय विभागको सदस्यमा डा. कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनित गरिएको छ ।
जसपा नेपालमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला यही माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा.यादवले बताए ।










चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया