शुक्रबार, वैशाख ११, २०८३

प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ: सिटौला

मेरोन्यूज २०८१ पुष १६ गते १२:२०

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका छन्।

Advertisement
NiccNicc

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौंको क्षेत्रपाटीमा आयाेजित एक कार्यक्रममा बाेल्दै सिटाैलाले यस्ताे बताएका हुन् । ‘अहिले कांग्रेस र एमालेको संयुक्त सरकार छ, प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ’, उनले भने ।

राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्री ओलीले गरे पनि नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेसले नै गरेको सिटौलाकाे भनाइ छ ।

‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ। गरिब जनताको आर्थिक प्रगति गर्नुछ। पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ। दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले नै देशलाई डोहोर्‍याउनुछ,’ उनले भने।

प्रतिक्रिया