‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ।
मंगलबार ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा बुद्धिजीविहरूले देश र जनताको पक्षमा आफ्नो ज्यानलाई बाजीमा राखी स्वदेश फर्किएर बीपी कोइरालाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएको बताए।
राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि बीपी कोइरालाको राजनीतिक प्रभाव र सक्रिय गतिविधिका कारण २०३६ सालमा आमनिर्वाचन घोषणा गर्न तत्कालीन राजा बाध्य हुनुपरेको चर्चा गर्दै उनीहरूले उनी एक सच्चा राष्ट्रवादी, दूरदर्शी, बौद्धिक एवं साहसिक नेता भएको बताए।
सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तारिणीदत चटौतले बीपी कोइरालाले लिएको साहसिक कदमका कारण नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएको उल्लेख गर्दै राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि रहेको धारणा व्यक्त गरे।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले साहसिक एवं दूरदर्शी निर्णय क्षमताका कारण अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव छोड्न सफल महामानव बीपी कोइरालाले ३३ वर्षअघि लिएको मेलमिलापको नीति आज पनि उत्तिकै महत्व रहेको बताए।
संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले आफ्नो ज्यानको जोखिम मोलेर देश, जनता र प्रजातन्त्रका पक्षमा स्वदेश फर्कनुभएका बीपी कोइराला यस क्षेत्रका महान् नेता हुनुहुन्थ्यो भने।
देशमा प्रजातन्त्र स्थापना गर्ने अठोटका साथ नेपाली कांग्रेस पार्टी स्थापना गरी राजनीतिक आन्दोलनको नेतृत्व गरेका बीपी कोइराला सहकर्मी नेताहरूका साथ आठ वर्ष भारतमा रही आन्दोलनमा सरिक भएका थिए।
राणा शासन अन्त्यसहित प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं र नीलाम्बर पन्थीसँगै २०३३ पुस १६ गते बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीतिका साथ भारतबाट स्वदेश फर्किएका थिए।

















चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया