काठमाडौँसहित विभिन्न स्थानमा दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
तारकेश्वर नगरपालिका-७ महादेव खोलास्थित सडकमा बा.३ ख ३३४४ नम्बरको मिनी टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा ३ वर्षीय दिप्शन कुमार धिमालको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका-१० चौराहा चोकस्थित सडकमा खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ८५५९ नम्बरको माइक्रो बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनवल नगरपालिका-७ चारपालास्थित लक्ष्मी स्टिल फ्याक्ट्रीमा लु.१ क ३००१ नम्बरको क्रेनले किचेर सोही फ्याक्ट्रीमा काम गर्ने रुपन्देही मायादेवी गाउँपालिका-५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । क्रेनले किचेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार क्रेन चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बिपि चोकस्थित सडकमा वीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.१ ख ६८९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-५ बस्ने ७० वर्षीय टेक बहादुर गिरीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया