काठमाडौँसहित विभिन्न स्थानमा दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
तारकेश्वर नगरपालिका-७ महादेव खोलास्थित सडकमा बा.३ ख ३३४४ नम्बरको मिनी टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा ३ वर्षीय दिप्शन कुमार धिमालको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका-१० चौराहा चोकस्थित सडकमा खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ८५५९ नम्बरको माइक्रो बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनवल नगरपालिका-७ चारपालास्थित लक्ष्मी स्टिल फ्याक्ट्रीमा लु.१ क ३००१ नम्बरको क्रेनले किचेर सोही फ्याक्ट्रीमा काम गर्ने रुपन्देही मायादेवी गाउँपालिका-५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । क्रेनले किचेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार क्रेन चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बिपि चोकस्थित सडकमा वीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.१ ख ६८९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-५ बस्ने ७० वर्षीय टेक बहादुर गिरीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया