शनिबार, वैशाख १२, २०८३

प्रधानमन्त्री ओलीले दिए बालगायक सचिन परियारलाई श्रद्धाञ्जली

मेरोन्यूज २०८१ पुष १८ गते १६:४३

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

Advertisement
NiccNicc

उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली।’ 

सचिनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको छ। उनी १३ वर्षका थिए।

प्रतिक्रिया