प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन,४४ प्रतिवादी, एक अर्ब १९ करोड बिगो

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर बुझाएको हो ।
प्रतिवादीहरूबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी गर्नुपर्ने राय प्रहरीले दिएको छ । त्यसमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । सोही अनुसारको बिगो लामिछानेको नाममा छुट्टाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको खुलेको थियो । बचतकर्तामध्ये ६९० जनाले प्रहरीमा उजुरी दिएका थिए ।
उनीहरूकै उजुरीका आधारमा गएको कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।
















बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
Helicopter mishap in Khotang: Six rescued and brought to Kathmandu
खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया