गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार रावललाई

नुवाकोट। सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ बाट पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ।
संस्थाले नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका प्रधानसम्पादक रावललाई पुरस्कृत गर्ने निर्णय गरेको हाे ।
रावल नेपाल पत्रकार महासङ्घको निवर्तमान केन्द्रीय सदस्य हुन् । रेडियो नेपालबाट २०५७ सालबाट पत्रकारिता सुरू गरेका पत्रकार रावलले राष्ट्रिय सञ्चारमाध्यमहरु राजधानी दैनिक, नयाँ पत्रिका, ईमेज च्यानल र सगरमाथा टेलिभिजनमा जिल्ला सम्वाददाताको रुप कार्य गरेका थिए । यसैगरी, जिल्लाकै पहिलो रङ्गीन पत्रिका त्रिशूली खबर साप्ताहिकको संस्थापक सम्पादक तथा प्रकाशक समेत हुन् ।
यस्तै, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिबी विष्टलाई पनि यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिने जनाएको छ । पत्रकार विष्ट बझाङबाट राजधानी दैनिकको जिल्ला सम्वाददाताको रुपमा कार्य गर्दै आईरहेका छन् ।
पर्वतबाट प्रसारण हुने महिलाहरुद्वारा सञ्चालित सामुदायिक रेडियो ९५.२ मेगाहर्जलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिने संस्थाले निर्णय गरेको छ ।
संस्थागत र व्यक्तिगतरुपमा प्रदान गरिने पुरस्कार राशी क्रमश: २५ हजार एक र १५ हजार एक रुपैँया रहेको छ।
संस्थाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मान २०८१ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।
संस्थाको संस्थापक स्व. गाेविन्द वियोगीका धर्मपत्नी कृष्णवदन वैद्यलाई सम्मान गरिने जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरस्थित संस्थाले आफ्नै भवनमा यहि माघ ५ गते शनिवारका दिन पुरस्कार र सम्मान हस्तान्तरण गरिने महासचिव डोटेलले जानकारी दिए ।

















चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया