गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार रावललाई

नुवाकोट। सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ बाट पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ।
संस्थाले नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका प्रधानसम्पादक रावललाई पुरस्कृत गर्ने निर्णय गरेको हाे ।
रावल नेपाल पत्रकार महासङ्घको निवर्तमान केन्द्रीय सदस्य हुन् । रेडियो नेपालबाट २०५७ सालबाट पत्रकारिता सुरू गरेका पत्रकार रावलले राष्ट्रिय सञ्चारमाध्यमहरु राजधानी दैनिक, नयाँ पत्रिका, ईमेज च्यानल र सगरमाथा टेलिभिजनमा जिल्ला सम्वाददाताको रुप कार्य गरेका थिए । यसैगरी, जिल्लाकै पहिलो रङ्गीन पत्रिका त्रिशूली खबर साप्ताहिकको संस्थापक सम्पादक तथा प्रकाशक समेत हुन् ।
यस्तै, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिबी विष्टलाई पनि यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिने जनाएको छ । पत्रकार विष्ट बझाङबाट राजधानी दैनिकको जिल्ला सम्वाददाताको रुपमा कार्य गर्दै आईरहेका छन् ।
पर्वतबाट प्रसारण हुने महिलाहरुद्वारा सञ्चालित सामुदायिक रेडियो ९५.२ मेगाहर्जलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिने संस्थाले निर्णय गरेको छ ।
संस्थागत र व्यक्तिगतरुपमा प्रदान गरिने पुरस्कार राशी क्रमश: २५ हजार एक र १५ हजार एक रुपैँया रहेको छ।
संस्थाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मान २०८१ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।
संस्थाको संस्थापक स्व. गाेविन्द वियोगीका धर्मपत्नी कृष्णवदन वैद्यलाई सम्मान गरिने जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरस्थित संस्थाले आफ्नै भवनमा यहि माघ ५ गते शनिवारका दिन पुरस्कार र सम्मान हस्तान्तरण गरिने महासचिव डोटेलले जानकारी दिए ।













आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया