पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

मुम्बइ । पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ।
गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो कि पुष्पाः २ लाई सबैले मन पराएका छन् ।
योसँगै ओटीटीमा रिलिज हुने प्रतिक्षामा रहेका दर्शकहरुका लागि ठूलो खबर आएको छ । ओटिटीमा कहिले र कुन दिन पुष्पा २ः द रूल रिलिज हुने भन्ने सार्वजनिक भएको छ, जसले ओटीटी दर्शकको उत्साह बढाउन सक्छ ।
पुष्पा २ः द रूलले विश्वव्यापी बक्स अफिसमा १८ सय करोड भारतीय रुपैयाँ कमाएको छ, जसबाट अझ थप कमाइ हुने अपेक्षा गरिएको छ । भर्खरै पुष्पा २ः द रूलका निर्माताले फिल्म कम्तिमा ५६ दिन ओटीटीमा रिलिज नहुने पुष्टि गरेका थिए।
यस्तो अवस्थामा जनवरी २५ मा पुष्पा २ः द रूलको पनि ५६ दिन पूरा हुनेछ । यसपछि अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ३० जनवरी २०२५ मा सबै प्रमुख भारतीय भाषाहरूमा नेटफ्लिक्समा रिलिज हुने स्रोतहरूले बताएका छन् ।
यद्यपी निर्माताका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । माइथ्री मुभि मेकर्सको उच्च बजेटको यो फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल, राव रमेश, जगपति बाबु, सुनील र अनसूया भारद्वाजजस्ता कलाकार मुख्य भूमिकामा रहेका छन्।
















मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया