आइतबार, चैत १, २०८२

कृषिबाट आयआर्जन गर्दै दलित महिला

मेरोन्यूज २०८१ पुष २० गते १४:४६

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सशिया महाराज दलित महिला कृषक समूहमा आबद्ध २७ जना दलित महिलालाई हाँस पालन गर्न राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले सहयोग गरेको छ ।

समूहका अध्यक्ष श्रीकुमारी मण्डलले हाँस कुखुरा पालनसँगै हरिया सागसब्जी, काउली, प्याज, लसुन, आलु, गोलभेँडा खेतीमा दलित महिलाहरूलाई उत्प्रेरित गरिरहेको बताइन्।

समूहका महिलाले ३० कठ्ठा जग्गामा काउली, आलु, भण्टा, मुला, राय साग, धनियाँसहितका तरकारी लगाएका छन् । साथै उनीहरूले करेसाबारीमा बेमौसी लिची, नैवा, कागती रोपेका छन्भने हाँस, कुखुरा पालेर अण्डा र मासुको आपूर्ति पनि गरिरहेका छन् । केहीले बाख्रा पालन पनि थालेका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घले कृषिऔजार, वीउबिजन प्रदान गरेको छ । समूहका प्रत्येक सदस्यमा १५ हजार लगानी भएको महासङ्घका अध्यक्ष दीपककुमार ठाकुरले बताए।

महासङ्घले समय–समयमा महिला तथा पुरुषलाई मल बनाउने तालिम पनि दिँदै आएको छ । करेला, बोडी, सिमी, फर्सी, भिण्डीको वीउ पनि प्रदान गरेर दलित महिलाका आयआर्जनमा महासङ्घले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया