किम्फ चलचित्र महोत्सव दमकमा हुने

दमक (झापा) । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक–९ स्थित कदम नाट्यघरले काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नाट्यघरका अध्यक्ष हेमन्त बुढाथोकीले आगामी माघ ५ र ६ गतेसम्म सञ्चालन हुने किम्फ चलचित्र महोत्सव भव्य रूपले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।
आयोजक संस्था कदम नाट्यघरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुढाथोकीले महोत्सवमा १४ वटा लामा तथा छोटा वृत्तचित्र र कथानक चलचित्रहरू देखाइने बताए । विभिन्न सामाजिक मुद्दाका दुई विधामा सामूहिक छलफल हुने उनले उल्लेख गरे।
तीन तहका सरकार र समाजमा दलित समुदायको प्रतिनिधित्व, आवश्यकता र महत्वसम्बन्धी सामूहिक छलफल हुने अध्यक्ष बुढाथोकीले बताए । उनले यो छलफलले राजनीतिक तथा सामाजिक क्षेत्रमा दलित समुदायको समावेशीकरणसँग सम्बन्धित चुनौती र अवसरलाई उजागर गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।
“सामाजिक न्याय र समानताको मार्गमा गरिएका प्रगतिका साथै विद्यमान समस्या, समाधानका उपाय र पूरा गर्नुपर्ने चुनौतीसम्बन्धी विज्ञहरू, अभियन्ता र सरोकार भएका पक्षको सामूहिक छलफल हुनेछ”, नाट्यघरका अध्यक्ष बुढाथोकीले भने। उनका अनुसार महोत्सवमा करिब एक हजार कलाप्रेमी दर्शक सहभागी हुने अनुमान गरिएको छ।
कदम नाट्यघरका कला निर्देशक सिजन दाहालले किम्फ घुम्ती महोत्सवअन्तर्गत दमकमा पहिलो पटक यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै यसले यहाँको कला, सम्पदा र परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया