महावै गाउँपालिकाका प्रशासन सहायक सिंहको निधन
मेरोन्यूज
२०८१ पुष २१ गते १४:४५

मान्म (कालीकोट) । हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।
सत्र वर्षअघि उहाँ राष्ट्रसेवामा प्रवेश गरेका थिए । उनकी श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए। उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए।
सम्बन्धित












राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया