स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
मेरोन्यूज
२०८१ पुष २१ गते १७:०८

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।
अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरिएको छ।
काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालय बुझाएको थियो ।
अभियुक्तहरुमा ओखलढुंगाका गितेन्द्र बाबुराई सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामिछाने पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जना छन् ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया