राखेपका नवनियुक्त सदस्यहरुको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राखेपका नवनियुक्त आठ सदस्यलाई आइतबार स्वागत गरेको छ । पुस ९ गते मन्त्रिपरिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरूलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकामा बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनै पनि प्रतियोगिताको नियमित निरन्तरता अत्यावश्यक भएको बताउँदै कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।
सदस्य नन्दाले दोस्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्किएको आभास भएको बताउँदै विगतका कमीकमजोरीलाई सच्च्याउँदै खेलकुदलाई नयाँ उचाइँमा पुर्याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सदस्य चन्दले नियुक्तिले जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।
कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।









कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया