बाल हिंसा विरुद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समूहको अध्यक्षमा ऋतु निर्वाचित
मेरोन्यूज
२०८१ पुष २१ गते १९:४७

काठमाडौं । बाल अधिकार अभियन्ता ऋतु भट्ट राई “बाल हिंसा विरुद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समूह”को अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।
बाल हिंसा विरुद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समूहको राजधानीमा आयोजित १२ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेसनबाट उनी अध्यक्ष पदका लागि र सह अध्यक्ष नरेन्द्र डंगोल निर्वाचित भएका हुन् ।
बाल अधिकारकर्मी ऋतु भट्ट राईले विशेष गरी बालबालिकाको हितका विविध कार्यक्रमसहित बाल श्रम निवारणका लागि पैरवी गर्दै आएकी छन् ।
बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा क्रियाशील १६ वटा राष्ट्रिय सञ्जालहरुको साझा मञ्च तथा समन्वय समुह राष्ट्रिय कार्य समन्वय समुहको यस अघि किरण थापा अध्यक्ष थिए ।
समुहले विकास साझेदार सङ् संस्थाको समेत सहयोगमा नेपाली बालबालिकाको हक अधिकारका लागि काम गर्दै आएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया