सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन थालेको छ।
मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले संयुक्त रुपमा आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीलाई निःशुल्क रगत उपलब्ध गराई उक्त सेवाको शुभारम्भ गरे।
सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रमबमोजिम निःशुल्क रगत उपलब्ध गराउने काम सुरु गरिएको जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नौ सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगतको खाँचो भए निःशुल्क रुपमा उपलब्ध गराउने गरी काम अघि बढेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले बताए।
उनले भने, “अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको छ, रेडक्रसले लिने रगतको शुल्क प्रदेश सरकारले व्यहोर्ने गरी अस्पतालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइनेछ।”









पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा
प्रतिक्रिया