गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा इलेक्ट्रिक एसयूभी जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ

काठमाडौं। ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभको टेस्ट ड्राइभ ‘एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ।
शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने प्रमाणित भएको छ।
गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो। ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो। यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो।
विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहक केन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सहि सावित गरेको छ।
कार्यक्रममा डर्ट-ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले नि:शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहौल कायम राखे। एसपिजि अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ।
अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीको रूपमा स्थापित भएको छ।
नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिमसहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सु-सज्जित रहेको छ। साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ।
एसपिजि अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफ-रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गइ नेपालकै पहिलो अत्याधुनिक विद्युतीय एसयूभीको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।









२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया