रूपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष २२ गते १८:१५

काठमाडौं । रूपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।
कञ्चन गाउँपालिका-१ रामडाँडास्थित सडकमा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ मटेरिया बस्ने ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया