जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

काठमाडौँ । जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
वीरगञ्जमा सम्पन्न खेलमा आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा पाँच विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो ।
आइतबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ३४ दशमलव चार ओभर खेल्दै १० विकेटको क्षतिमा एक सय २१ मात्र बनायो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए । साथै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक/एक विकेट लिए ।
त्यसपछि ब्याटिङमा उत्रिएको पुलिसको पनि ब्याटिङ राम्रो भएन । कूल ३३ दशमलव एक ओभर खेल्ने क्रममा अलआउट हुँदै पुलिसले एक सय २५ रन बनायो । यद्यपि पुलिसले आर्मीसँग चार रनको अग्रता कायम गर्यो ।
आर्मीका लागि सहाब आलिम एक्लैले आठ विकेट लिए । साथै सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिए ।
पहिलो पारीमा चार रनले पछि परेको आर्मीले दोस्रो पारीमा सोमपाल कामीको ८२ रनको उत्कृष्ट पारीको सहायतामा अलआउट हुनुअघि एक सय ७५ रन बनायो । एक सय ७१ रनले अघि रहेको आर्मीले पुलिसलाई एक सय ७२ रनको लक्ष्य दिएको थियो ।
आर्मीका लागि दोस्रो पारीमा तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
पुलिसका लागि दोस्रो पारीमा कुशल भुर्तेलले चार विकेट लिए भने गुलशन झाले तीन, ललित राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।
कूल १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्र्रो पारीमा ४० दशमलव तीन ओभर खेल्ने क्रममा ८८ रन बनाउँदा खेल सकियो । उसका लागि अमिर श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान दिए भने अर्जुन साउदले १९ रन बनाए ।
आर्मीका लागि आकाश चन्द र सादाब आलमले समान दुई विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।
जारी प्रतियोगिताको आजै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । प्रतियोगिताको तेस्रो खेल यही पुस २८ गते मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछभने चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।










यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया