जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

काठमाडौँ । जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
वीरगञ्जमा सम्पन्न खेलमा आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा पाँच विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो ।
आइतबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ३४ दशमलव चार ओभर खेल्दै १० विकेटको क्षतिमा एक सय २१ मात्र बनायो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए । साथै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक/एक विकेट लिए ।
त्यसपछि ब्याटिङमा उत्रिएको पुलिसको पनि ब्याटिङ राम्रो भएन । कूल ३३ दशमलव एक ओभर खेल्ने क्रममा अलआउट हुँदै पुलिसले एक सय २५ रन बनायो । यद्यपि पुलिसले आर्मीसँग चार रनको अग्रता कायम गर्यो ।
आर्मीका लागि सहाब आलिम एक्लैले आठ विकेट लिए । साथै सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिए ।
पहिलो पारीमा चार रनले पछि परेको आर्मीले दोस्रो पारीमा सोमपाल कामीको ८२ रनको उत्कृष्ट पारीको सहायतामा अलआउट हुनुअघि एक सय ७५ रन बनायो । एक सय ७१ रनले अघि रहेको आर्मीले पुलिसलाई एक सय ७२ रनको लक्ष्य दिएको थियो ।
आर्मीका लागि दोस्रो पारीमा तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
पुलिसका लागि दोस्रो पारीमा कुशल भुर्तेलले चार विकेट लिए भने गुलशन झाले तीन, ललित राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।
कूल १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्र्रो पारीमा ४० दशमलव तीन ओभर खेल्ने क्रममा ८८ रन बनाउँदा खेल सकियो । उसका लागि अमिर श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान दिए भने अर्जुन साउदले १९ रन बनाए ।
आर्मीका लागि आकाश चन्द र सादाब आलमले समान दुई विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।
जारी प्रतियोगिताको आजै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । प्रतियोगिताको तेस्रो खेल यही पुस २८ गते मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछभने चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया