आइतबार, जेठ ११, २०८२

भूकम्पपछि चीनद्वारा सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द

मेरोन्यूज २०८१ पुष २३ गते १४:३१

काठमाडौं । चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरेको हाे ।

चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ। भूकम्पपछि चीनमा चोमोलोङ्मा नामले पुकारिने सगरमाथा क्षेत्रमा कार्यरत कर्मचारी र पर्यटकहरू सबै जना सुरक्षित रहेको पनि सीजीटीएनले उल्लेख गरेको छ।

प्रतिक्रिया