मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल

सिरहा । लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ । सम्झौताअनुुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ ।
“हामीले प्रत्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरुप अब वडावडामा शिविर आयोजना गरिनेछ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु ।” केही दिनभित्रै गाउँगाउँमा शिविर सञ्चालन गर्ने भन्दै नगरप्रमुख चौधरीले एक हजार मोतियाविन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिए ।
नगरप्रमुख चौधरीको अनुसार विगत दुई वर्षदेखि यसरी शिविर सञ्चालन गरिएको र यस क्रममा पहिलो वर्ष सात हजार जनाले आँखा जाँच गराएका थिएभने एक हजार ९२ जना मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
यसैगरी, दोस्रो वर्ष तीन हजार जनाले आँखा जाँच गराउँदा सात सय मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने र गाउँगाउँमा पैसको अभावमा बिनाउपचार बस्ने गरिब तथा विपन्न समुदायलाई निःशुल्क आँखा शिविरले सहयोग पुग्ने अस्पतालका अध्यक्ष रवीन्द्रलालले बताए।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया