सूर्यदर्शन सहकारी ठगी : कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो
मेरोन्यूज
२०८१ पुष २४ गते १६:३३

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो । आज प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।
आजबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको र बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुने बताइएको छ ।
जवाफी बहस सकिएपछि आदेश आउने छ ।
सम्बन्धित
प्रतिक्रिया