कपाललाई सिल्की र बलियो बनाउने उपायहरु यस्ता अचम्मका

कपाल भनेको मानिसको शिरको ताज हो । राम्रो र सुन्दर कपालले व्यक्तिको सुन्दरतामा अझै बढी निखार ल्याउने काम गर्दछ । तर, आजको आधुनिक र रसायनिक जीवनमा कपलालाई लिएर हामी निकै संवेदनशील हुनुपर्ने आवश्यक छ । आज भोलि कपालमा विभिन्न प्रकारका असल—कमसल रसायनहरुको प्रयोगले गर्दा कपालको आयु नै कम गराउँदैछौं ।
त्यसको फलस्वरुप आजभोलि कपालमा ह्रास आइरहेको छ । सधैं विभिन्न प्रकारका कमी—कमजोरीहरु र समस्याहरु कपलामा देखा परिरहेका छन् । जस्तैः कपाल झर्नु, हाङगा पलाउनु, ड्राई हुनु, चाया पर्नु आदि इत्यादि । यसका साथै अनुशासित जीवनशैलीको अभाव र अनहेल्दी खानपानले पनि कपालमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न भइरहेका छन् ।
यदि हामीले यस्ता समस्याहरुलाई सही तरिकाले पहिचान गरी समाधान गर्न सकियो भने यस्ता समस्याहरुलाई जरादेखि नै खतम गर्न सकिन्छ ।
कपालको समस्याबाट छुटकारा पाउने केही घरेलु उपायहरुः
—हरेक दिन कोल्ड्रिक्स खानुको साटो हरेक दिन १ ग्लास दही खानाले कपालमा प्राकृतिक चमक आउँछ ।
—चिया, कफीको बढी सेवन गर्ने व्यक्तिको कपालमा रुखोपनका साथै चाया आउने सम्भावना बढी हुन्छ । तसर्थ, अत्याधिक चिया कफीको सेवन नगर्ने । सकेसम्म दिनमा १ पटक मात्र गर्ने ।
—विहान चाडै उठ्नु र राती समयमै सुत्नु पनि कपालको समस्याको केही हदसम्म समाधान हो ।
—दिनमा २ पछटक तातो पानी पिउनुले पनि कपाल छिटो सेतो हुँदैन र साथै ड्राई पनि हुँदैन ।
—खाली पेटमा विहानै अमलाको चुर्ण वा जुस पिउनाले कपाल कालो र बाक्लो ररिरहन्छ ।
—प्याजको तेलको प्रयोगले पनि धेरै हदसम्म कपालको समस्याको समाधान हुनुका साथै झर्न रोकिन्छ ।
—यदि कपालमा निकै नै हागा पलाउन समस्या छ भने ताजा अम्बाको २/४ वटा पातको काडा बनाउने र १ हप्तासम्म हरेक दिन धुनाले हागा पलाउने समस्या समाधान हुन्छ ।
—हप्तामा एकपल्ट कपाललाई दही र बेसारले धुनाले कपाल सिल्की, बलियो र आकर्षण देखिन्छ ।
—रफ र ड्यामेज कपाललाई कन्डीसनिङ ट्रिटेमेन्ट गर्नाले पनि कपालको नरमपाना फिर्ता आउँछ ।
—कपालको समस्याबाट छुटाकार पाउन हप्तामा एकपल्ट कम्तिमा नियमित हेयर ट्रिटमेन्ट वा हेयर स्पा गर्न आवश्यक छ । र, यसका साथै कपालको हेल्थ राम्रो बनाइराख्ने हेयर प्रोडक्टको छनोट गर्दा पैसा हेरेर नगरी क्वालिटी हेरेर गर्दा उचित हुन्छ । जस्तै, स्याम्पु, कन्डिसनर, ट्रिटमेन्ट, हेयर कलर आदि । आजभोलि क्षणिक सुन्दरताको खोजीमा हामी मख्ख परेर रुमल्लिरहेका छौं ।
त्यसको फलस्वरुप केही समयपछि हामीले कपालको प्राकृतिक चार्म र सुन्दरता नास भएको पाउँछौं । तसर्थ, हामीले कपालको प्राकृतिक सुन्दरता कायम राख्न प्राकृतिक समाधान नै उचित हुन्छ । जसको परिणाम क्षणिक हुँदैन् ।
एजेन्सीको सहयोगमा
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
प्रतिक्रिया