सोमबार, वैशाख १५, २०८२

धरौटी बुझाए लगत्तै रविलाई काठमाडौं ल्याइने

मेरोन्यूज २०८१ पुष २५ गते १८:३७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भए पनि कास्कीमा धरौटी बुझालगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । 

कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । लामिछानेलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा पुगेको छ ।
 

प्रतिक्रिया