मंगलबार, चैत ३, २०८२

पृथ्वी नारायण शाहले बनाएको सिंगो मुलुकलाई सबै मिलेर संरक्षण गर्नु पर्नेमा पूर्व राजा ज्ञानेन्द्रको जोड

मेरोन्यूज २०८१ पुष २५ गते २१:०१

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले बनाएको सिंगो मुलुकलाई सबै मिलेर संरक्षण गर्नु पर्नेमा जोड दिएको छन् । 

Advertisement
nepal life insurencenepal life insurence

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा एक शुभकामना  शन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले साम्राज्यवादीहरुको आँखै अगाडि तितरवितर भएको राज्यलाई मिलाएर बनाएको एउटा सिंगो र सबल राष्ट्रलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताएका हुन् ।  शन्देशमा पूर्वराजा शाहले पृथ्वी नारायण शाहले देखाएको मार्गलाई अनुशरण गर्न सके अनन्तकालसम्म नेपाललाई कसैले छेक्न नसक्ने उल्लेख गरेका छन् ।

यसैगरी पूर्व राजा शाहले  नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी भएकाले हाम्रा मौलिक अर्थ व्यवस्था, संस्कृति एवम् सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कुटनीति, परराष्ट्र नीति तथा व्यवहारबारे राष्ट्र निर्माता पृथ्वी नारायण शाहले मार्गदर्शन गरेको बताउँदै उनको मार्गदर्शनलाई आत्मसाथ गर्दै तदअनुरुप व्यवहार गर्न सके नेपाललाई अनन्त कालसम्म कसैको छायाँले नभेट्ने शन्देशमा भनेका छन् । 
नेपालको सुरक्षा र समृद्धिका लागि कुनै परदेशीको बिचार र सिद्धान्तको  आवश्यकता नपर्ने भन्दै केबल राष्ट्र निर्माताद्वारा प्रतिपादित सिद्धान्तलाई अवलम्बन गर्दा मात्रै पनि  हुने ठहर पूर्व राजाको छ । 

शन्देशमा भनिएको छ – “संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित छौ, गर्ववान्वित महशुस गर्दछौ । देशको रक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडा महाराजधिराजबाट लिन सक्ने अवस्था रहँदा रहँदै हामी मध्येकै कतिपय दाजुभाई, दिदीबहिनी किन परायाबाट सिर्जित बाद र विवादको चक्रव्यूहमा फसिरहेका हौँ हामी सबैले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ । सबै देशभक्त नेपालीले दिव्य उपदेशलाई मार्गदर्शक सिद्धान्त बनाउन उपयुक्त हुने हाम्रो विश्वास छ ”। 

यस्तै पूर्व राजा शाहले सबै शक्ति राष्ट्रहरुको नीति र राजनीति राष्ट्रवाद आर्थिक समृद्धि केन्द्रित रहेको भन्दै विश्वले जुन विचार अनुरुपको राजनीतिक अभ्यास गरिरहेका छन् हामीलाई तीन सय वर्ष अघि नै राष्ट्र निर्माता शाहले दिएको पनि बताएका छन् । दिनप्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भूराजनीतिक परिस्थितिमा राष्ट्र निर्माताको विचारको सान्दर्भिकता अझै बढेको भनाइ पूर्व राजाको छ । 

देशको प्रतिष्ठा उच्च राख्न देशलाई प्रविधिको पथमा अघि बढाउन र देशवासीलाई सुखी, शान्ति र सन्तुष्ट पार्नु हाम्रो राष्ट्रिय धर्म भएको शन्देशमा उल्लेख छ ।  देशकोे श्रम र सिप देश विकासमा पूर्ण रुपमा उपयोग नभएको भन्दे पूर्व राजा शाहले देशको सामथ्र्य र जनशक्ति निरन्तर बाहिरिदै गएको उल्लेख गरेका छन् । नेपाल सबैको साझा घर र हाम्रो साझा थर नेपाली भएको भन्दै  यस्तो एकताको समन्वयको सही राष्ट्रिय दृष्टिकोण भए मात्रै राष्ट्र निर्माताको आकांक्षा पूरा हुने शन्देशमा भनेका छन् । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस प्रत्येक वर्ष पौष २७ गते मनाउँने गरिन्छ ।

प्रतिक्रिया