धरौटीमा छुटे लगत्तै रविलाई फिस्टेल अस्पतालमा लगियाे
काठमाडौंमा आफैँ उपस्थित हुने
मेरोन्यूज
२०८१ पुष २५ गते २२:१७

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् ।
कास्की जिल्ला अदालतले बिहीबार धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् । यस्तै लामिछाने रिहालगत्तै पक्राउ पर्ने भनिए पनि काठमाडौंमा आफै हाजिर हुने भनिएपछि प्रहरी पछि हटेको छ ।
लामिछाने ८४ दिनपछि थुनामुक्त भएका हुन् । धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनीष झाले बताए । उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ । फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाइनेछ ।
सम्बन्धित
प्रतिक्रिया