रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा

काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा राखिएको छ।
पोर्चुगलले भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय यू-१५ टोलीको घोषणा गरेको छ । क्रोएसियामा हुने उक्त प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो जुनियर पनि अटाएका हुन् ।यो प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने भएकोछ । टोलीका प्रमुख प्रशिक्षक जोआओ सान्तोसले क्रिस्टियानो जुनियरसहित टोटनह्याम हट्स्परका युवा खेलाडी डोन्ते लरेन्सलाई पनि टोलीमा राखेका छन् ।
सन् २००० मा यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका क्रिस्टियानो रोनाल्डोका लागि छोराले पनि खुसी दिएका छन् ।रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा पनि निरन्तर खेलिरहेका छन् । उनी पोर्चुगलको अन्तर्राष्ट्रिय टोलीका सदस्य छँदैछन् । अहिले उनी साउदी अरेबियास्थित अल नासार फुटबल क्लबबाट खेलिरहेका छन् ।
सन् २०१६ मा उनले पोर्चुगललाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधि युरो कप जिताएका थिए । युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया