रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा

काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा राखिएको छ।
पोर्चुगलले भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय यू-१५ टोलीको घोषणा गरेको छ । क्रोएसियामा हुने उक्त प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो जुनियर पनि अटाएका हुन् ।यो प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने भएकोछ । टोलीका प्रमुख प्रशिक्षक जोआओ सान्तोसले क्रिस्टियानो जुनियरसहित टोटनह्याम हट्स्परका युवा खेलाडी डोन्ते लरेन्सलाई पनि टोलीमा राखेका छन् ।
सन् २००० मा यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका क्रिस्टियानो रोनाल्डोका लागि छोराले पनि खुसी दिएका छन् ।रियल मड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा पनि निरन्तर खेलिरहेका छन् । उनी पोर्चुगलको अन्तर्राष्ट्रिय टोलीका सदस्य छँदैछन् । अहिले उनी साउदी अरेबियास्थित अल नासार फुटबल क्लबबाट खेलिरहेका छन् ।
सन् २०१६ मा उनले पोर्चुगललाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधि युरो कप जिताएका थिए । युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया