आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको चौथौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको बताए ।अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्दै अगाडि बढ्ने बताए ।
“पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण खम्बाको रूपमा रहेको छ, यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उनले भने । वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्या बुझ्ने र समाधान गर्ने प्रयासहरू शुरू भइसकेको उल्लेख गरे ।
मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरैभन्दा धेरै पर्यटकहरू भित्रिने बताए ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया