बुधबार, वैशाख १६, २०८३

पुस २९ मा सुदूरपश्चिममा सार्वजनिक बिदा

मेरोन्यूज २०८१ पुष २७ गते ७:५१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

Advertisement
NiccNicc

प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ। पौष अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिंदै आएको छ। 

प्रतिक्रिया