पाँच एसएसपी डीआईजीमा बढुवा
मेरोन्यूज
२०८१ पुष २८ गते २१:४०

काठमाडौं । नेपाल प्रहरीका पाँच जना बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियाको बढुवा भएको हो ।
४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो ।
डीआईजीहरू रविन्द्र केसी, भरतबहादुर बोहरा, कुबेर कडायत र दुर्गा सिंह बढुवा भएका थिए भने अर्जुन चन्द ठकुरी अनिवार्य अवकाशमा गएका थिए ।
सम्बन्धित
प्रतिक्रिया