बिहीबार, वैशाख २४, २०८३

बर्दियामा एकैदिन ५ जना फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०८१ माघ १ गते १०:१७

बर्दिया । बर्दिया प्रहरीले एकै दिनमा फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैना पोखरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका जुवा, लुटपाट, चोरी र लागूऔषध मुद्दाका प्रतिवादी छन्।

लागूऔषध मुद्दामा अदालतबाट २०७९ साल भदौ २७ गतेको फैसलाले सजाय पाएका बढैयाताल गाउँपालिका–१ का सुशील परियार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै पक्राउ पर्नेमा जुवा मुद्दामा जिल्ला अदालत बर्दियाबाट २०७६ चैत ५ गते सजाय पाएका सोही पालिका–२ का दिवस राई र गोपाल सुनार पक्राउ रहेका छन्।

प्रतिक्रिया